१. दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तु गर्नुहोस् । उत्तर दलित शब्द मेटाऔं विभेदको अन्त्य गर्नलाई दलित शब्द मेटाउनु पर्दछ दलितको बदलामा हामी एक नेपाली लेखिनु पर्दछ जातीय हिंसाको ऐंजेरु अब जरैदेखि उखेल्नु पर्दछ एकै जातको नयाँ नेपाल हामी मिली बनाउनु पर्दछ हारेको होइन अब जितको इतिहास लेखाउनु पर्दछ निष्पट्ट रात चिरी सुनौलो बिहानी ल्याउनु पर्दछ पुस्तौँ पुस्ता बिते यहाँ अधिकार खोज्दा खोज्दै आफ्नै शिर झुक्यो दलित हामी भनेर लेख्दा लेख्दै आरक्षणको भीख होइन राज्यले समानता दिनुपर्यो दिदैन राज्यले समानता भने लडेर भए पनि लिनु पर्यो जातीय होइन मानवीय मुद्दामा बहस हुनु पर्दछ देशमा सबैले सम्मान साथ बाच्न पाउनु पर्दछ २. दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् । उत्तर: दलित शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ । दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन् । मानव समाजलाई समृद्ध पार्ने उनीहरूबाट हुँदै आएको छ । त्यही पेसा गर्न चाहनेहरू सेवाभावपरक अभियानमा सक्रिय बने । यसबाट उनीहरूले अर्थोपार्जन गर्न सकेनन् ।...