Skip to main content

Unit 7 chapter one (social studies gradeXI)note

Unit 7: Chapter 1 नेपालमा जातप्रथा



१. नेपालमा जाति व्यवस्थाको पृष्ठभूमि उल्लेख गर्दै यसले समाजमा पारेका प्रभावहरूको सूची तयार पार्नुहोस् ।

उत्तरः
वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो। नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ । जात मानवको वर्गसँग सम्बन्धित छ। पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो । त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरूको सिर्जना गरिएको थिए ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र समाजमा श्रम र सिपमा आधारित कामहरूमा रुचि राख्ने व्यक्तिहरू शुद्र भनिन्थे । उत्पादनमूलक कृषि, व्यापार जस्ता कार्यमा रुचि राख्नेहरू वैश्य भनिन्थे, सुरक्षा सेवा र शासन गर्नेहरू क्षत्रिय भनिन्थे। बौद्धिक काम गर्ने, सल्लाह परामर्श दिने, शिक्षा दिने जस्ता काममा लाग्नेहरू ब्राह्मण भनिन्थे। बिस्तारै मानव समाजमा बलियाले निर्धालाई, धनीले गरिबलाई, बाठाले सिधासाधालाई हेप्ने र थिचोमिचो गर्ने प्रवृत्ति देखिन थालियो। परिणामस्वरूप तिनै टाठाबाठाले जातिगत समूह बनाए । उक्त समूहका सीमित र व्यक्तिहरूले छुवाछुतलाई धार्मिक कानुनका रूपमा समावेश गरे । काम वा श्रमका आधारमा बनाइएको जात विभाजनलाई जन्मका आधारमा हुने बनाइयो । समाजमा जातीय विभेदमा आधारित कानुनहरू बनाएर प्रयोग गर्न थालियो यसरी ब्राह्मण सबैभन्दा माथिल्लो स्तरको जात, क्षेत्री त्यसपछिको माथिल्लो स्तरको जात, वैश्य मध्यम स्तरको जात र अन्तिममा शुद्ध सबैभन्दा तल्लो स्तरको जातमा विभाजित भए । नेपालमा जात व्यवस्थाले पारेका प्रभावहरू यसप्रकार रहेका छन्ः • समाजमा बसोबास गर्ने मानिसहरुबिच छुवाछुत, भेदभाव, हेपाई र थिचोमिचो गर्नेजस्तो अमानवीय प्रवृत्तिको सृजना भएको छ । • तल्लो जात भनिएका मानिसहरु दमन अत्याचार हेपाई थिचोमिचो र अमानवीय व्यवहारमा पर्न बाध्य भएका छन् जसले गर्दा मानिसको स्वतन्त्रमाथि नै प्रहार भएको छ। • समाज र देशलाई नै समृद्धिको दिशा तिर नभई विनाश, असफल र नोक्सानको दिशातिर लगिरहेको छ । • सबै मानिसहरूलाई समान्तास्वरुप देशको विकास र उन्नतीमा आफ्नो भूमिका निर्वाह गर्ने अधिकारबाट वञ्चित गराइएको छ ।

२. जात प्रथाका अवधारणाहरू प्रस्तुत गर्दै यसबाट सिर्जित विभेद हटाउन वर्तमानमा कस्ता उपायहरू अबलम्बन गर्न सकिन्छ, चर्चा गर्नुहोस् ।
उत्तर:
जात प्रथाका अवधारणाहरू निम्नानुसार रहेका छन्ः (क) जातको दैवी अवधारणा (ख) शास्त्रीय अवधारणा (ग) व्यवहारजन्य अवधारणा नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। जात प्रथाबाट सिर्जित विभेद हटाउन वर्तमानमा पिछडिएका जातिवर्गहरुलाई उत्थान गर्न यसप्रकारका उपायहरु अबलम्बन गर्न सकिन्छ: • राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी जनाउने, • सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष अवसर प्राप्त गर्ने, स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गराउने, • प्राथमिकदेखि उच्च शिक्षासम्म कानूनबमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षा प्राप्त गराउने, प्राविधिक र व्यवसायिक उच्च शिक्षामा सहभागी जनाउने, HA • आफ्नो परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने, कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि आधारमा भेदभाव गर्न नपाइने, कुनै वस्तु सेवा वा सुविधा उत्पादन वा विक्री वितरण गर्दा कुनै प्रकारको भेदभाव गर्न नपाइने, • सबै प्रकारका भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा मानिने र कानून बमोजिम दण्डनीय हुने, • त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानूनबमोजिम क्षतिपूर्ति दिलाउने

३. जातीय भेदभाव हटाउन नेपालमा हालसम्म बनेका ऐननियमहरू र त्यसमा भएका व्यवस्थाहरूको सूची तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तरः
नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातप्रथा र छुवाछुतको अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् । वि.सं. २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरुपमा बन्देज गरेको थियो । त्यसपछि बनेका कानुनहरूले पनि यस प्रथालाई निरुत्साहन तथा यसको अन्त्य गर्ने प्रयासहरू गरेका छन् । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । जातीय भेदभाव हटाउन नेपालमा हालसम्म बनेका ऐननियमहरू र त्यसमा भएका व्यवस्थाहरू यसप्रकार रहेका छन्ः • नेपालको संविधान, धारा २४ बमोजिम उत्पति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्साउने, जात, जाति वा छुवाछुतका आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।” • 'सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने' समन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६८ • विश्वव्यापी मानवअधिकार घोषणा-पत्र, १९४८ • जातिय तथा अन्य समाजिक छुवाछुत तथा भेदभाव (कसुर जातीय ऐन) २०६८, • राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग आदि, • जातीय विभेद तथा छुवाछुत विरुद्धको अधिकारको अवस्था अनुगमन प्रतिवेदन, २०७६

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

सामाजिकीकरण र सामाजिक नियमन Socialization and Social Control( Note of Grade XI -sociology chapter five)

Socialization and Social Control(Note of Grade XI - sociology chapter five)