Skip to main content

Social Studies (Unit 7: Chapter 2 ) दलित सवाल

१. दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तु गर्नुहोस् ।

उत्तर दलित शब्द मेटाऔं
विभेदको अन्त्य गर्नलाई
दलित शब्द मेटाउनु पर्दछ
दलितको बदलामा हामी
एक नेपाली लेखिनु पर्दछ

जातीय हिंसाको ऐंजेरु अब
जरैदेखि उखेल्नु पर्दछ
एकै जातको नयाँ नेपाल
हामी मिली बनाउनु पर्दछ

हारेको होइन अब जितको
इतिहास लेखाउनु पर्दछ
निष्पट्ट रात चिरी सुनौलो
बिहानी ल्याउनु पर्दछ

पुस्तौँ पुस्ता बिते यहाँ
अधिकार खोज्दा खोज्दै
आफ्नै शिर झुक्यो दलित
हामी भनेर लेख्दा लेख्दै

आरक्षणको भीख होइन
राज्यले समानता दिनुपर्यो
दिदैन राज्यले समानता भने
लडेर भए पनि लिनु पर्यो

जातीय होइन मानवीय
मुद्दामा बहस हुनु पर्दछ
देशमा सबैले सम्मान
साथ बाच्न पाउनु पर्दछ

२. दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।

उत्तर: दलित शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ । दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन् । मानव समाजलाई समृद्ध पार्ने उनीहरूबाट हुँदै आएको छ । त्यही पेसा गर्न चाहनेहरू सेवाभावपरक अभियानमा सक्रिय बने । यसबाट उनीहरूले अर्थोपार्जन गर्न सकेनन् । दलित समुदायमा हातमुख जोर्न धौधौको अवस्था रह्यो। यसकारण उनीहरू दमन, हेपाइ र आत्मसम्मानको अभावका कारण चाहेर पनि नयाँ ज्ञान र सिपको प्रवर्धनमा लाग्न सकेनन् । दलितका समस्याहरू मुख्य रूपमा यसप्रकार रहेका छन्ः • आर्थिक क्षेत्रमा भूमिहीनता, बेरोजगारी र परम्परागत पेसा एवम् बालीघरे प्रथा कायम रहनु,
• राजनीतिक एवम् प्रशासनिक क्षेत्रका नीति निर्माण र नीति कार्यान्वयन गर्ने निकायमा
समानुपातिक र सार्थक उपस्थितिको व्यवस्था नहुनु,
• छुवाछुत तथा भेदभाव हुनु, शिक्षामा पहुँच नहुनु, सामाजिक अपमान र सामाजिक अन्याय कायम रहनु,
• व्यक्तिगत स्वतन्त्रता र क्षमताको उपयोग गर्नबाट वञ्चित हुने अवस्था रहनु आदि ।
दलितका समस्याहरूको समाधानका उपायहरू निम्नानुसुर रहेका छनः
• संविधानमा व्यवस्था गरिएका दलित समुदायका हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यले आवश्यक कानुनको निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने,
• नेपालको संविधान (२०७२) को धारा १६ बमोजिम समाजमा सबै व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरणको सुनिश्चित गर्ने,
• दलित समुदायको आर्थिक-सामाजिक सशक्तिकरणमा विशेष कार्यक्रम ल्याउने,
• दलित समुदायको हक हितका लागि काम गर्ने राज्यका संरचनाहरुलाई सक्रिय तुल्याउने,
• जातीय विभेद गर्ने वा गर्नका लागि दुरुत्साहन गर्ने व्यक्तिलाई तुरन्त कानुनी दायरामा ल्याउने र कानुनबमोजिम कारबाही गर्ने,
• वर्गीय हिसाबले अधिकांश दलित समुदाय निम्न वर्गमा पर्ने भएकाले उनीहरूको आर्थिक अवस्था उकास्न प्रभावकारी कार्यक्रम ल्याउने,
• दलित समुदायलाई लक्षित अभिमुखीकरण कार्यक्रम संचालन गर्ने,
• दलित समुदायको परम्परागत पेशा, सीप र कलालाई व्यवसायिक र आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गर्ने ।

३. दलित हन सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार 'हुनु मानेर आफ्नै दाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तरः छुवाछुत प्रथा अर्थात जातीय विभेद एक सामाजिक कुप्रथा हो । यो हाम्रो राष्ट्रकै एक जटिल समस्याको रुपमा रहेको छ । युगौंदेखि जरा गाडेर बसेको जातीय भेदभाव र यस कारण उत्पन्न दलितका अवस्थामा सुधार ल्याउन विभिन्न कसूर सम्बन्धी व्यवस्था ल्याइएको छ। कसैले पनि जातीय भेदभाव तथा छुवाछुतको ब्यबहार गर्न गराउन नहुने व्यवस्थालाई जोड दिएको छ । यस ऐनले कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, वंश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव गरेको मानिने छ भनी किटान गरेको छ । यसलाई ऐनको उपदफा २ देखि १३ सम्म व्यवस्थित गरिएको छ । स्वभाविक रुपमा यस भनाइले के पुष्टि गर्दछ भने 'दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै दाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ ।
त्यसैले समाजमा रहेका सबै प्रकारका विभेद, असमान्ता र विकृतिहरुको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता हो । समाजमा सबै वर्ग, जात, धर्म र लिङ्गको सहअस्तित्वलाई सम्मान गरी सामाजिक सहिष्णुता दृढ राख्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ। मानव अधिकारका सम्बन्धमा राज्यले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गरेका प्रतिबद्धता र सम्झौताहरुलाई कार्यान्वयनमा ल्याउनु पर्छ र सिंगो देशलाई सम्पूर्ण प्रकारले विभेदमुक्त राज्यको रुपमा स्थापित गरी एक्काइसौं शताब्दीको मानवीय सभ्यताको नमुना राज्य बनाउन तर्फ लाग्नु पर्दछ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

सामाजिकीकरण र सामाजिक नियमन Socialization and Social Control( Note of Grade XI -sociology chapter five)

Socialization and Social Control(Note of Grade XI - sociology chapter five)