Skip to main content

सामाजिकीकरण (Socialization)

सामाजिकीकरण (Socialization)
सामाजिकीकरण (Socialization) त्यो पद्धति (Method) हो जसद्वारा संस्कृतिलाई एक पिँढीदेखि अर्को पिँढीसम्म हस्तान्तरित गर्दै संस्कृतिका मूल्य-मान्यताहरूलाई सिकाइन्छ अर्थात् Socialization method एक सिक्ने प्रक्रिया हो जसले एक जैविक प्राणीका रूपमा रहेका व्यक्तिले जन्मदेखि मृत्युसम्मका विभिन्न अवस्थामा परिवार, छिमेकी, नातागोता, खेल्ने साथी, शिक्षण संस्था, राजनैतिक संस्था आदिको सम्पर्कबाट समाजमा विभिन्न मूल्य-मान्यता, परम्परा, आदर्श, रीतिरिवाज, प्रथा, कानून, भाषा, नैतिकता आदिलाई सिकेर एक सामाजिक प्राणी बन्दछ ।
जन्मको समय एक बालक न त सामाजिक हुन्छ न त असामाजिक नै । बरु ऊ केवल एक जैविक प्राणी (Biological being) को रूपमा मात्र जन्मेको हुन्छ । किनभने ऊ एक रगतको डल्लोको रूपमा हुन्छ र यसलाई थाहा हुँदैन कि मानव समाजमा के कस्ता मूल्य र मान्यताहरू हुन्छन् । तर जन्मपश्चात् त्यस जैविक प्राणी (Biological being) बालकलाई निश्चित समाज र संस्कृतिमा पालिन्छ र समाज तथा संस्कृतिले जे जस्तो सिकाउँछ त्यसैको आधारमा त्यो बालक एक सामाजिक प्राणीको रूपमा परिवर्तन हुन्छ । किनभने उसले समाज र संस्कृतिको माध्यमबाट विभिन्न प्रकारका सामाजिक गुणहरूलाई सिक्नुका साथै ती समाज र संस्कृतिका विभिन्न मूल्य, मान्यता, परम्परा आदिको अनुसरण गर्न पनि लाग्दछ । त्यसैले सामाजिकीरण प्रक्रिया एक सिक्ने प्रक्रिया हो जसद्वारा एक जैविक प्राणी मानवलाई सामाजिक प्राणीको रूपमा परिवर्तन गरिन्छ ।
निष्कर्षमा भन्नुपर्दा सामाजिकीकरण एक सिक्ने प्रक्रिया हो जसद्वारा व्यक्ति, समूहलाई वा समाजका सामाजिक, सांस्कृतिक विशेषतालाई ग्रहण गर्दछ । साथै आफ्नो व्यक्तित्वको विकास गर्दछ र समाजको क्रियाशील सदस्य बन्दछ । यसै सामाजिकीकरण प्रक्रियाद्वारा नवजात शिशुले विस्तार-विस्तार सामाजिक मूल्य र मान्यतालाई सिकेर त्यसअनुरूप व्यवहार गर्न लाग्दछ । यसैकारण सामाजिकीकरण प्रक्रिया एक सिक्ने प्रक्रिया हो ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

Sample report for all sublec)