Skip to main content

समाजशास्त्रको व्यवहारिक प्रयोग (Uses OR Role of Sociology in Applied Field )

समाजशास्त्रको व्यवहारिक प्रयोग (Uses OR Role of Sociology in Applied Field )

पछिल्ला समयमा आएर मानव जीवनको अशल व्यवस्थापनका लागि व्यवहारिक समाजशास्त्रको विकास भएको छ ।समाजशास्त्र विषय विशुद्ध विज्ञान (Pure Science) मात्र नभएर व्यवहारिक विज्ञान पनि हो । जसले ज्ञानको संग्रहमात्र नगरी विशुद्ध विज्ञानका रुपमा सामाजिक जीवनका विविध क्षेत्रमा यसको प्रयोगलाई जोड दिन्छ। समाजशास्त्रीय ज्ञान, दर्शन तथा सिद्धान्तलाई व्यवहारिक जीवनमा प्रयोग गरी मानवीय जीवनलाई बढी सुविधायुक्त सहज र सरल बनाउनु नै व्यवहारिक समाजशास्त्रको मूल उद्देश्य हो । जसले मानवका व्यवहारिक समस्याको समाधानमा जोड दिन्छ । समाजशास्त्रको महत्त्वमा वृद्धि हुँदै गइरहेको छ । समाजशास्त्रीको भूमिका एवं महत्त्वलाई निम्नानुसार

१. समाजशास्त्रले समाजको वैज्ञानिक अध्ययन गर्दछ (Sociology makes a scientific study of society) : समाजशास्त्र भनेको नै समाजको वैज्ञानिक ढङ्गबाट अध्ययन गर्ने शास्त्र हो । समाजमा रहेका अन्य सामाजिक शास्त्रहरूले समाजलाई एकाकी ढङ्गबाट बुझ्ने कोसिस गर्दछन् भने समाजशास्त्रले मात्र समाजलाई व्यवस्थितरूपमा अध्ययन गर्दछ । समाजलाई वैज्ञानिक तरिकाबाट अध्ययन गर्न सम्भव बनाउने शास्त्र नै समाजशास्त्र हो । त्यसकारण समाजशास्त्रीले मात्र समाजलाई सहीरूपमा बुझ्न र अध्ययन गर्न सक्दछ । अर्थशास्त्रीले समाजलाई आर्थिक दृष्टिकोणबाट अध्ययन गर्ने गर्दछ भने समाजशास्त्रीले समाजलाई एकीकृत रूपमा अध्ययन तथा विश्लेषण गर्न सक्ने हुनाले समाजशास्त्रीको भूमिका समाजमा महत्त्वपूर्ण मानिन्छ ।

२.समाजशास्त्रीले मानवको सामाजिक प्रकृतिबारे प्रकाश पार्छ (Sociologist throws light on the social nature of man) : समाजशास्त्र नै त्यो शास्त्र हो जसले मानवको सामाजिक प्रकृति कस्त किसिमको हुन्छ भने समयमा प्रकाश पार्दछ । मानव पनि सामाजिक प्राणी भयो ? किन मानव समुदाय र समाजमा बस्दछ भन्ने कुराको जानकारी समाजशास्त्रीले दिनुका साथै व्यक्ति समाजबीचको सम्बन्धका बारेमा पनि व्याख्या गर्दछ । अन्य शास्त्रीहरूले मानवको विविध पक्षको जानकारी दिए पनि समाज, अन्तरक्रिया, समूह आदिलाई ठोस रूपमा बुझ्दैनन् ।

3. समाजशास्त्रीले व्यक्तिको विकास संस्थाहरूको भूमिकाको अध्ययन गर्दछ (Sociologist studies role of the institutions in the development of the people) : समाजशास्त्रीले समाजमा क्रियाशील भएका सामाजिक स्कुल, परिवार, धर्म, शिक्षा आदि संस्थाहरूको वैज्ञानिक तरिकाबाट अध्ययन गर्दछ । त्यस्तैगरी यसले मानवको विकासमा संस्थाको भूमिकाको अध्ययन गर्दछ ।

4. सामाजिक समस्याको समाधान समाजशास्त्रीको ठूलो महत्त्व छ (The great importance of Sociologist is in the solution of social problems): आज विश्वका धेरै समाजहरूमा विभिन्न सामाजिक समस्याहरू देखापरेका छन् ती समस्याहरूको समाधान समाजको वैज्ञानिक तरिकाबाट अध्ययन गरेर मात्र गर्न सकिन्छ । कुनै पनि समाजममा त्यतिकै एकैचोटि सामाजिक समस्याहरू देखापर्दछन् । ती समस्याहरूको जरा पत्ता लगाउनु समाजशास्त्रमा विभिन्न तरिकाहरू तथा अनुसन्धानका पद्धतिहरू समावेश गरिएको हुँदा त्यसबाट सामाजिक समस्याको समाधान गर्न सकिन्छ । जस्तै : नेपालको प्रमुख सामाजिक समस्याको रूपमा देखापरेका हत्या, हिंसा, भ्रष्टाचार, नातावाद, कृपावाद आदि हुन् जसले नेपालको सर्वाङ्गीण विकासको पाइला-पाइलामा अवरोध सिर्जना गरिरहेको छ । उपरोक्त समस्याहरू समाजमा बिनाकारण एकैचोटि देखापरेको होइन त्यसको कारण छ । उक्त कारणलाई पत्ता नलगाएसम्म समस्यालाई निर्मूल पार्न सकिँदैन त्यसकारण पहिला कारण पत्ता लगाउनुपर्दछ र कारण पत्ता लगाउन सक्ने विभिन्न पद्धति तथा तरिकाहरू समाजशास्त्रीहरूबाट समस्याहरूको कार्यकरण सम्बन्ध पत्ता लगाउन अनुसन्धान गर्नुपर्दछ । जसबाट प्राप्त निष्कर्षको आधारमा समस्याको समाधान गर्नुपर्दछ ।

5. समाजलाई बुझ्न र योजना बनाउनका लागि समाजशास्त्रीको आवश्यकता पर्दछ (Sociologist is necessary for understanding and planning of society) : समाजशास्त्रीका विभिन्न महत्त्वमध्ये समाजलाई यथार्थरूपमा बुझ्न र समाजको आवश्यकताअनुरूपको योजना निर्माण गर्न सहयोग पुयाउनु एक हो । जब व्यक्तिले समाजलाई वैज्ञानिक तरिकाबाट बुझ्न सक्दैन भने उक्त समाजको आवश्यकता र चाहनाका बारेमा पनि उसमा ज्ञान हुँदैन त्यसकारण समाजलाई बुझ्न र समाजको आवश्यकता र चाहनाअनुरूपको योजना तर्जुमा गर्न समाजशास्त्रीय ज्ञानको आवश्यकता पर्दछ जुन समाजशास्त्रीले मात्र बुझ्न र गर्न सक्दछ । समाजलाई नबुझी बनाइएका योजना कार्यान्वयन हुन सक्दैनन् ।

. 6. नगरहरूको योजना बनाउनमा समाजशास्त्र उपयोगी छ (Sociologist is useful for make plan of town) : समाजशास्त्रको अध्ययन क्षेत्र भनेको नै सभ्य र सहरी समाजको अध्ययन गर्नु हो । नेपालमा पनि सहरीकरण तीव्ररूपमा हुँदै आएको छ । सहरीकरणको फलस्वरूप फोहोमैलाको समस्या, कामको समस्या, मजदुर मालिकबीचको मनमुटाव, कोलाहलको समस्या, प्रदूषणको समस्या आदि देखापर्न थाल्दछन् । ती समस्याहरूलाई कसरी समाधान गर्ने भनेर समाजशास्त्रीले योजना निर्माण गर्न सहयोग पुयाउँदछ ।

7. समाजशास्त्रीय ज्ञानले परम्पराको अध्ययनमा सहयोग पुयाउँदछ (Sociological knowledge is helpful in the standy of tradition) : समाजशास्त्रको अर्को महत्त्व भनेको समाजको परम्पराको अध्ययनमा सहयोग । समाजशास्त्रीको अर्को महत्त्व भनेको समाजको परम्पराको अध्ययनमा सहयोग पुयाउनु पनि एक हो । हरेक समाजको सामाजिक संरचना तथा व्यवस्था प्रायः भिन्ना भिन्नै हुन्छ । त्यसकारण कुनै पनि समाजलाई बुझ्न सर्वप्रथम त्यस समाजको परम्परा, रूढीवादी, लोकरीति आदिलाई बुझ्नुपर्दछ । समाजशास्त्रीले समाजको परम्परा, रीतिरिवाज, प्रथा, मूल्य-मान्यता आदिको अध्ययन गर्दछ जसको फलस्वरूप समाजलाई बुझ्न/अध्ययन गर्न सहयोग पुयाउँदछ ।

8. समाजशास्त्रीले राष्ट्रिय एकतामा सहयोग पुयाउँछ (Sociologist is helpful in National Unit): राष्ट्रिय एकताको खाँचो आज विश्वका कतिपय देशहरूमा देखापरेको छ । जाति, भाषा, धर्म आदिका आधारमा एउटै देशका बासिन्दाहरू पनि विभिन्न स-साना झुण्डडमा विभाजित भएको देखिन्छ । यसरी एउटा देशका बासिन्दाहरू एउटै देशको नागरिकको रूपमा नसोची स-साना झुण्डको रूपमा सोच्दछन् जसको फलस्वरूप मानव-मानवबीचमा वैमनष्यताको सिर्जना हुन्छ । त्यसकारण समाजशास्त्रीले मानवलाई जातिवाद, धर्मवाद, रङ्गवाद आदिको लहैलहैमा नलाग्न सहयोग पुयाउँदछ ।

९. समाजशास्त्री समाजको इन्जिनियरको रूपमा कार्य गर्दछन् (Sociologist can work as social engineer): जसरी Engineer हरूले कस्तो घर बनाउने हो त्यसको चित्र बनाउन सक्दछन् 11 त्यस्तैगरी समाजलाई कस्तो बनाउने हो भन्ने विषयमा समाजशास्त्रीहरूले सोही अनुरूपको मूल्य- मान्यताको विकास गर्ने समाजमा देखा परेका र पर्न सक्ने सम्भावित समस्याहरूको कसरी समाधान गर्न सकिन्छ भनेर सामाजिक दृष्टिकोण दिन र चाहेअनुसार समाजको खाका बनाउन समाजशास्त्रीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

१०. समाजशास्त्री समाजको डाक्टरको भूमिका खेल्न सक्छन् (Sociologist can play the role of social doctor): जसरी Medical doctor ले बिरामी भएको मानिसलाई औषधी प्रयोग गरेर नि बनाउन सक्दछ त्यस्तैगरी समाजशास्त्रीहरूले पनि समाजको समस्या के हो ? उक्त समस्याको कारण के हो ? किन ? र किन यस्ता समस्या देखा परेका हुन् ? भन्ने सम्बन्धमा समाजशास्त्रीले सजिलै बुझ्न सक्दछ र समाजका समस्याहरूलाई डाक्टरले जस्तैगरी समाधान गर्न सक्दछ ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

सामाजिकीकरण र सामाजिक नियमन Socialization and Social Control( Note of Grade XI -sociology chapter five)

Socialization and Social Control(Note of Grade XI - sociology chapter five)