Skip to main content

Posts

Showing posts from January, 2023
मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

भाग, समग्रता र संरचना (Pert, whole and structure) तथा द्वन्द्व सिद्धान्त

भाग, समग्रता र संरचना (Pert, whole and structure) समाज र संस्कृतिको अध्ययनमा संरचनागत अवधारणालाई महत्व दिदै त्यस संरचनाभित्रका भाग र उपभोग वा एकाइहरूबीचको प्रकार्यात्मक सम्बन्धलाई जोड दिन्छ । यस विश्लेषणात्मक नमूनाको आधारभूत मान्यता के हो भने एउटा सामाजिक व्यवस्थामा विभिन्न भागहरू रहेका हुन्छन् । जसलाई सामाजिक एकाइहरू पनि भन्न सकिन्छ । यीनै विभिन्न भागहरू मिलेर एउटा समग्र स्वरुपको निर्माण हुन्छ । समाज र संस्कृति अनुसार यस प्रकारका समग्र स्वरुप रहेका हुन्छन् । यीनै विभिन्न भागहरू बाट बनेको सामाजिक सम्पूर्णता वा समग्रताको बृहत एकिकृत स्वरुपबाट नै सरचना अथवा सामाजिक संरचनाको निर्माण हुन्छ भन्ने मान्यता राख्दछ । यस सैद्धान्तिक विश्लेषण अनुसार समाज विभिन्न भागहरूको एकिकृत रुप हो । समाजमा रहने जात, धर्म, संस्कृति, संस्था, संगठन, व्यक्ति आदि सबै सामाजिक एकाइहरू हुन् । यसैले यीनलाई सामाजिक भागहरू भनिएको छ । यीनै एकाइहरूबीच रहने प्रकार्यात्मक सम्बन्धले नै एउटा व्यवस्थालाई संचालन गरिराखेको हुन्छ भन्ने मान्यता यो सिद्धान्तमा पाइन्छ । यसैगरी विभिन्न एकाइहरूको प्रकार्यात्मक गठबन्धन र अन्तरसम्बन्ध...