मुलुकी ऐनको अर्थ ( Muluki Ain)
मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ ।
मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain)
कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूलुकलाई निर्देशित गर्नेगरी कानूनी प्रावधान र ती प्रावधानहरुको कार्यविधिको व्यवस्था गरिएको हुन्छ । यस प्रकारको ऐनमा विभिन्न महल वा भाग मार्फत अदालती वन्दोवस्तको व्यवस्था र दण्ड र जरिवानाको कार्यविधिहरु किटान गरिएको हुन्छ । नेपालमा पहिलो पटक विक्रम सम्वत १९१० मा मुलुकी ऐन जारी गरिएको थियो । कानूनको इतिहाँसमा वि.सं. १९१० भन्दा पहिला कुनै संहिताबद्ध ऐनको निर्माण भएको देखिदैन । यो ऐन वि.सं १९१० पौषमा जारी गरिएको थियो । पत्रकार भैरव रिसालले २०७५ फागुन ५ गते हिमाल पत्रीकामा लेखेअनुसार जंग वहादुर राणा त्यसवेला वेलायत गएका थिए । वेलायतको एक वर्षको बसाईमा उनले त्यहांका शासन पद्धति, कानून र न्याय प्रणालीको अध्ययन गरेका थिए । उनी वि.स १९०८ मा नेपाल फर्किए पछि दुई वर्ष लगाएर कानून, ऐन र नियमहरुलाई लिपिवद्ध गराए । त्यसपछि १९१० पौष २३ गते पहिलो मूलुकी ऐन जारी गरेका थिए। त्यसमा पाँच भाग र १६३ वटा महलहरु थिए । आजको मूलुकी ऐनको प्रारम्भ त्यसैबेलादेखि भएको देखिन्छ ।
कानूनको इतिहाँसमा वि.सं २०२० सालमा नयाँ मूलुकी ऐन जारी गरिएको थियो । १९१० को मुलुकी ऐनलाई परिमार्जित गरेर समाजका नयाँ आवस्यकतालाई संवोधन गर्ने गरी यो नयाँ मूलुकी ऐन २०२० लागु गरिएको थियो। त्यो ऐन २०२० भदौ १ गते देखि लागु भएको देखिन्छ । यो ऐन ५४ वर्ष पछि मुलुकी अपराध (संहिता) ऐन, मूलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र मूलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ प्रयोगमा आएसँगै वि.सं २०७५ भदौ १ बाट नयाँ मुलुकी ऐन २०२० विस्थापन भएको छ । यस २०२० को नयाँ मुलुकी ऐनमा वालविवाह, बहुविवाह, अनमेल विवाह, छुवाछूत, लैङ्गिक विभेद विरुद्धका कानूनी प्रावधानहरु समेटिएका थिए । त्यसलाई दण्डनीय बनाइएको थियो । त्यो ऐनलाई ५ भाग र १९ वटा महलमा विभाजन गरिएको थियो । त्यो ऐन दर्जन भन्दा बढी पटक संशोधन गरिएको थियो । त्यसलाई समय सापेक्ष तरिकाले परिमार्जन गरिदै आइएको देखिन्छ ।
वि.सं २०२० को नयाँ मूलुकी ऐनलाई मूलुकी अपराध (संहिता) ऐन, २०७४, मूलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मूलुकी देवानी (संहिता) ऐन २०७४ र मूलुकी कार्यविधि (संहिता) ऐन २०७४ गरी छुट्टाछुट्टै पाँचवटा ऐन मार्फत विस्थापन गरियो ।यस ऐनमा कानूनी विषयका फरक फरक विषयलाई छुट्टाछुट्टै किटान गरी बढी स्पष्टता दिन खोजीएको छ । यस ऐनमा करिव ७० वटा नयाँ आपराधिक कार्यहरुको छनोट गरी अपराधको कानून निर्धारण गरिएको छ । यसैगरी यसमा पीडितलाई क्षतिपुर्ति देखि पुनस्थापनाको व्यवस्था पनि गरिएको छ । यस वाहेक सयौं विषयहरु यसमा समावेश गरिएका छन ।
Meaning of Muluki Ain
Civil Law - Generally, laws are created to provide justice to everyone by creating an orderly society and to control the human behavior in the society in an orderly manner. Which has been presented through different means according to the time period.
In general, civil law is a simple law, which is based on legal principles in the society and plays the role of an important main means to fulfill its purpose. A civil law can generally be viewed as a part of a law. Laws are set for the regulation and management of social, cultural, economic, political and other criminal and civil events of the country. Such laws codify the country as a whole. This is why these laws codify the country, so it is called the country's law.
History of Muluki Ain
A positive relationship between the individual and the state system is essential for any civilized and justice-based society. Muluki Act is the first written law of Nepal. It contains legal provisions to guide the land and the procedure of those provisions. In this type of law, the system of court arrangement and the procedure of punishment and penalty are specified through various palaces or parts. In Nepal, a civil law was promulgated for the first time in Vikram Samvat 1910. In the history of law Before 1910, no codified law appears to have been enacted. This Act was promulgated in 1910 Paush. As journalist Bhairav Risal wrote in Himal Patrika on February 5, 2075, Jung Bahadur Rana had gone to Welayat at that time. During his one-year stay in Britain, he studied its governance, law and justice system. After he returned to Nepal in 1908, he spent two years codifying laws, acts and regulations. Then, on 23rd Paush 1910, the first Muluki Act was issued. It had five parts and 163 palaces. It seems that today's Muluki Act was started from that time.
In the history of law, in the year 2020, a new Muluki Act was issued. This new Muluki Act 2020 was implemented to address the new needs of the society by amending the Civil Act of 1910. It seems that the Act came into effect from 1st August 2020. After 54 years of this Act, the Civil Crimes (Code) Act, the Civil Code (Code) Act, the Civil Criminal Procedure (Code) Act and the Civil Procedure (Code) Act 2074 came into use. is This. The new civil law of 2020 included legal provisions against child marriage, polygamy, mismatched marriages, untouchability, and gender discrimination. It was made punishable. That act was divided into 5 parts and 19 palaces. That Act was amended more than a dozen times. It seems that it is being modified in a timely manner.
The new Criminal Law Act of 2020 has been amended as Criminal Offenses (Code) Act, 2074, Criminal Procedure (Code) Act, 2074, Criminal Offenses (Sentencing and Execution) Act, 2074, Civil Criminal (Code) Act, 2074 and Criminal Procedure (Code) Act, 2074. Act 2074 was replaced by five separate acts. In this act, different legal subjects have been listed separately to give more clarity. In this act, about 70 new criminal acts have been selected and the law of crime has been determined. Likewise, provision has been made for compensation and rehabilitation of the victims. Apart from this, hundreds of subjects are included in it.
Comments
Post a Comment