Skip to main content

समाजशास्त्रीय सिद्धान्त (Sociological Theory)Grade XI- HUM

समाजशास्त्रीय सिद्धान्त (Sociological Theory)

सिद्धान्त भन्नाले सामान्यतया दुई वा सोभन्दा बढी तर्कसङ्गत विषय, अवधारणा, तथ्य, घटना आदिका बीचमा सम्बन्ध वा अन्तर्सम्बन्ध के कस्तो छ भनेर वैज्ञानिक ढङ्गबाट व्याख्या एवं विश्लेषण गरी निकालिएको निष्कर्ष वा सामान्यीकरण हो जुन संसारका जुनसुकै ठाउँमा पनि सत्य साबित हुन्छ । सबै निष्कर्ष वा सामान्यीकरण सिद्धान्त नहुन सक्छ, सिद्धान्त हुनका लागि तर्कसङ्गत दुई वा सोभन्दा बढी अवधारणाहरूबीचको सम्बन्धको व्याख्या विश्लेषण गरी निकालिएको निष्कर्ष जुन सोही अवधारणाको व्याख्या एवं विश्लेषण गर्दा समान निष्कर्ष आउँदछ भने त्यसलाई सिद्धान्त भनिन्छ ।

अर्को शब्दमा भन्नु पर्दा दुई वा सोभन्दा बढी तर्कसङ्गत अवधाणा एवं तथ्यहरूबीचको सम्बन्धका बारेमा गरिएको पूर्वकल्पना हो, जुन व्यवस्थित एवं वैज्ञानिक पद्धतिद्वारा गरिएको अध्ययनबाट प्रमाणित हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने सबै पूर्वकल्पना (Hypothesis) मात्र पनि सामाजिक सिद्धान्त हुन सक्दैनन्, यदि पूर्वकल्पनाहरू व्यवस्थित अध्ययनको क्रममा सत्य साबित हुन्छन् भने त्यसलाई सामाजिक सिद्धान्त भनिन्छ ।

यसप्रकार उपरोक्त सबै परिभाषाहरूका आधारमा भन्न सकिन्छ कि सामाजिक सिद्धान्तले खासगरेर सामाजिक घटनाहरूको अन्तर्सम्बन्धका बारेमा व्याख्या र विश्लेषण गर्दछ, कुनै पनि सामाजिक घटनामा सामेल भएका तथ्यहरूको अन्तर्सम्बन्धको ठोस अभिव्यक्तिलाई सामाजिक सिद्धान्त भनिन्छ । सिद्धान्ले घटनाहरू कसरी घट्दछन् भनेर वास्तविक संसारलाई बुझ्ने र व्याख्या गर्ने गर्दछ, साथै सिद्धान्तले बितेका घटनाहरूका बारेमा बयान गर्दछ र भविष्यमा हुने घटनाका बारेमा पूर्वअनुमानहरूका बारेमा बयान गर्दछ ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

Sample report for all sublec)