Skip to main content

Social Studies (Unit 7: Chapter 3 जाति, जनजाति)

Unit 7: Chapter 3 जाति, जनजाति
१.'नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।' यस' भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तरः
क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ । यद्यपि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, धार्मिक र सांस्कृतिक देश हो । क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङजस्ता जनसंख्याको आकारका हिसाबले ठूला जनजातिलगायतका १२५ जातजातिका मानिसहरू यहाँ बस्छन् । यिनीहरूको मातृभाषाको रूपमा आ-आफ्नै भाषा छन् । भनिएको पनि छ- “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।" यहाँ १० वटा धर्म मान्ने मानिसहरू बस्छन् । हिन्दू धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन् । बुद्ध धर्मका अनुयायीहरुले भगवान बुद्धलाई पुजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन् । इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन् । किरात धर्म मान्नेहरू पारुहाङ र सुङनीमा (सुम्निमा) लाई मान्दछन् । नेपाल | संस्कृतिमा धनी राष्ट्र हो । बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आ-आफ्नै भेषभूषा र संस्कृति छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषा भाषी, भेषभुषा, खानपान, रहनसहन, चाड पर्व, उत्सव आदि भएका मानिसहरू बसोबास गर्दछन् । यसैअनुरूप समाजमा विभिन्न गतिविधि हुने गर्दछ । समाजमा हुने विभिन्न राजनैतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिदेखि लिएर ज्ञान-विज्ञान, साहित्य, कला, , मनोरञ्जन आदि जस्ता सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्वहरू हुन् । यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रुपमा स्थापित गरेको छ । विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि, मन्दिरै मन्दिरको देशका नामले पनि चिनिन्छ । विश्व सम्पदा सूचिमा नेपालका दश स्थान समावेश 'छन्। ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, राष्ट्रिय निकुञ्ज अन्तर्गतका सम्पदा हुन् । नेपाल एक | ती विविधताले भरिपूर्ण सुन्दर देश हो । नेपालमा हिमाल, पहाड र तराईको भौगोलिक समिश्रण छ भने संस्कृतिमा पनि उत्तिकै विविधता छ, त्यो विविधतामा एकता छ। समयक्रमसँगै नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक आदि पक्षहरुमा परिवर्तन र सुधार हुँदै गएको र नेपालको स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता थप मजबुत बन्दै नागरिक हक हितको रक्षा मार्फत समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा हासिल गर्नमा थप योगदान हुनेछ ।

२. समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
उत्तरः
समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरु यसप्रकार रहेका छन्ः
• विभिन्न संस्कृतिहरु को बीच सहिष्णुता र बुझ्ने क्षमतलाई विकास गर्दछ,
• विभिन्न समुदायका मानिसहरूको साझा अनुभवले देशलाई समृद्ध बनाउँदछ,
• विभिन्न व्यवसायको बृद्धिको माध्यमबाट हाम्रो अर्थव्यवस्थाको लागी अधिक पैसा आकर्षित गर्दछ;
• विविध सांस्कृतिक दृष्टिकोणको रचनात्मकता र नवीनताबाट नयाँ अविष्कार गर्न प्रेरित गर्दछ,
•जातीय र क्षेत्रीय विविधताका कारण देशमा पर्यटन क्षेत्रको विकास हुन्छ जसले गर्दा देशमा आर्थिक वृद्धि हुन्छ ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

Sample report for all sublec)