Skip to main content

सामाजिक नियमन (Social Control)

सामाजिक नियमन (Social Control)


समाजमा व्यक्ति जन्मिएपछि उसको समाजसँग जसरी सम्बन्ध स्थापित हुन्छ त्यसरी नै समाजका मान्यता, आदर्श, प्रचलन, क्रियाकलाप, धर्म, प्रथा आदिलाई व्यक्तिले अनुशरण गरेकी हुन्छ । प्रत्येक समाजका आ-आफनै आदर्शहरु हुन्छन् । यसैले (व्यक्तिलाई समाज अनुकूल बनाउन, निश्चित दिशा दिन निश्चित खालको सामाजिक नियन्त्रणको आवश्यकताको महशुस गरिएको हुन्छ जसका माध्यमबाट व्यक्तिलाई समाज अनुकल बनाइन्छ । यसक्रममा व्यक्तिलाई प्रचलीत सामाजिक प्रणालीमा आबद्ध गरिन्छ । समाजशास्त्रमा सामाजिक नियन्त्रण एउटा महत्वपूर्ण अवधारणा हो । समाजका सदस्यहरूलाई समाज र संस्कृति अनुरूप उत्तरदायी बनाउन र त्यसै अनुरूपको कार्य गर्ने गराउने सम्बन्धमा यस अवधारणाको निकै ठूलो महत्व रहेको हुन्छ । सामाजिक नियन्त्रणको पुरातन मान्यता, धारणा र प्रक्रियामा भने निकै परिवर्तन आएको पाइन्छ । आदिमकालीन समाज जुन बेला घुमन्ते र शिकार उत्पादन प्रणाली थियो, त्यसवेला झुण्डको कुनै एउटा बलियो व्यक्तिले समाजलाई नियन्त्रण र निर्देशन गरेको हन्थ्यो । यस प्रकारको नियन्त्रणमा वाह्य आक्रमणकारी समुहबाट आफ्नो समुहलाई बचाउनु प्रमुख उद्देश्य थियो । सामन्ती समाज मा ठूला किसान तथा भूमिपतीहरूले दास तथा कामदारवर्गलाई आफ्नो नियन्त्रणमा राख्दथे । समाजमा जमिन्दार तथा सामन्तको हित विपरितका प्रत्येक कार्यमा साना किसान तथा कामदारहरूमाथि नियन्त्रण थियो । त्यस प्रकारको नियन्त्रण अनौपचारीक सामाजिक नियममा आधारित थियो । (वर्तमान समयमा समाजका सामाजिक नियम, मूल्य, मान्यता, परम्परा, तथा समाज र संस्कृति विरोधी क्रियाकलापबाट व्यक्तिलाई नियन्त्रण गर्ने प्रक्रियालाई सामाजिक नियन्त्रण भन्न सकिन्छ । जसका तरिका प्रत्येक समाज र संस्कृति अनुसार फरक फरक हुन्छ । तर औपचारिक सामाजिक नियन्त्रणका तरिका, मान्यता र संयन्त्र धेरथोर भने समान खालका हुन सक्छन्। वर्तमान समयमा सामाजिक नियन्त्रणका औपचारिक माध्यमहरू विकास भएका छन्

>सामाजिक अनुरूपता (Social Conformity)
सामाजिक अनुरूपता भन्नाले मानिसहरूले समूहमा रहनका लागि आफ्नो इच्छा, चहाना, विश्वास एवं व्यवहारलाई क्षणिकका लागि दबाएर समूहको विश्वास, चाहना एवं व्यवहारलाई स्वीकार गर्नु नै सामाजिक अनुरूपता हो ।हरेक समाजका आफ्ना केही सामाजिक नियम, कानून, प्रथा, विश्वास परम्परा रहेका हुन्छन् । ती परम्परा, प्रथा, नियमका बारेमा आफ्नो व्यक्तिगत धारणा जे भए तापनि समाजमा मिल्न, बस्न वा रहनका लागि समाज रहेका विश्वास प्रथा, परम्परा, कानूनलाई स्वीकार गरेको देखाउने प्रक्रिया नै सामाजिक अनुरूपता हो । सामाजिक अनुरूपता Social Conformity लाई बुझ्नका लागि उदाहरणद्वारा स्पष्ट गर्न सकिन्छ । मानौँ १० जनाको साथीहरूको समूह छ । ती साथीहरूमध्ये ८ जनालाई पपगीत मन पर्दछ र २ जनालाई लोकगीत मन पर्दछ भने पनि समूहमा बस्दा पपगीत गाउन र बजाउन थाल्दा लोकगीत मन पर्ने व्यक्तिले पनि पपगीत गाउन र बजाउन रमाइलो मान्छ । पपगीत राम्रो लाग्दैन भनेर भन्न सक्दैन र भन्दैन भने त्यसलाई अनुरूपता भनिन्छ । किन एउटा साथीले पपगीतको विरोध गर्दैन भने यदि उसले विरोध गरेमा वा पपगीत मन नपराएमा ऊ साथीहरूको समूहमा रहन सक्दैन । त्यस्तैगरी कलेजमा मानौँ ५ जना मिस छन् र ४ जनाले साडी लगाएर कलेजमा जान मन पराउँदछन् भने एक जनालाई साडीभन्दा कुर्ता-सलवार लगाएर हिँड्न सजिलो लाग्दछ भने जब ४ जना साडी लगाएर कलेज जान थाल्दछन् भने अर्को दिनबाट कुर्ता-सलवार लगाएर कलेज आउनेले पनि साडी नै लगाएर कलेज आउनु अनुरूपताको उदाहरण हो ।

सामाजिक विचलन (Social Deviance)

सामान्यतया सामाजिक विचलन भन्नाले समाजका मूल्य, मान्यता, सामाजिक नियम-काननको स्वीकार नगरी त्यसको विरुद्ध गर्ने क्रियाकलापलाई बुझाँउदछ । अर्को शब्दमा भन्नु पर्दा राज्यको कानूनले स्पष्ट नगर्नु भनेको कार्य गर्नु र समाजलाई हानि-नोक्सानी पुऱ्याउने कार्य गर्नुलाई सामाजिक विचलन भनिन्छ । वास्तवमा सामाजिक विचलन के हो भनेर सर्वव्यापी परिभाषा दिन कठिन हुन्छ किनभने एउटा समाजमा सही/राम्रो भएका सामाजिक मूल्य-मान्यता अर्को समाजमा नराम्रो वा गलत हुन सक्दछन् । जस्तैः नेपालको सतीप्रथाभन्दा अगाडि श्रीमान्‌को मृत्युपछि श्रीमतीलाई सती जान प्रोत्साहन गर्नु ठीक हुन्थ्यो तर हाल आएर श्रीमतीलाई मर्न प्रोत्साहन गर्नु नराम्रो र कानूनले बन्देज लगाएको मानिन्छ । अरू बेलामा सरकारका क्रियाकलापको आलोचना गर्नु दण्डनीय मानिन्थ्यो भने गाईजात्राको दिन सरकारको आलोचना गर्न सही हुन सक्दछ र दण्डकारी हुँदैन । पञ्चायती व्यवस्थामा सरकारको विरोध गर्नु सामाजिक विचलनको रूपमा लिइन्थ्यो भने गणतन्त्रमा त्यसलाई सामान्य रूपमा लिइन्छ । त्यसकारण विचलनको सर्वमान्य परिभाषा पाउन सकिदैन र सामाजिक विचलन सधैँ राम्रो वा नराम्रो हुन् भनेर पनि कतिपय सन्दर्भ, समय र परिस्थितिमा भन्न पनि सकिँदैन । परीक्षामा चोर्नु विचलन हो तर सधैं अनुत्तीर्ण हुने विद्यार्थी परीक्षामा चोरेर उर्त्तीण हुन्छ र त्यसैको माध्यमबाट ऊ समाजमा ठूलो व्यक्ति बन्दछ भने त्यसबेला परीक्षामा चोर्नु विद्यार्थीका लागि नराम्रो भए तापनि ठूलो व्यक्ति बन्नु राम्रो हुन्छ । यसको तात्पर्य सामाजिक विचलनलाई सधैँ नराम्रो मात्र भन्न नसकिने परिस्थितिको सृजना हुन पुग्दछ । जस्तोः ब्राह्मणले जुत्ता बनाउनु र व्यापार गर्नु सामाजिकरूपमा त्यत्ति सुहाउने थिएन वा राम्रो मानिँदैनथ्यो तर जुत्ता बनाएर वा व्यापार गरेर उसले समाजमा पद-प्रतिष्ठा, मान-सम्मान प्राप्त गर्दछ भने त्यसलाई राम्रो मानिन्छ । हिजोको सामाजिक मूल्य-मान्यताको विरुद्धमा भए पनि त्यसको परिणाम राम्रो हुन्छ । त्यसकारण सामाजिक विचलनलाई मात्रात्मक रूपमा नाप्नुपर्ने हुन्छ । त्यसैले सामाजिक विचलनलाई जटिल रूपमा बुझ्नुपर्ने हुन्छ । सामाजिक विचलन भन्नाले समाजको कानूनसँग बाझिएका क्रियाकलापलाई बुझिन्छ । जस्तैः हत्या, बलात्कार, भष्ट्रचार, चोरी, डकैती आदि सामाजिक विचलन हुन् । समाजमा कतिपय क्रियाकलापलाई कानूनले निषेध गरिएको हुन्छ र उक्त निषेधित कार्य गरेमा सामाजिक विचलन भएको मानिन्छ । जस्तैः नेपालको संविधान, २०७२ का र कानूनले हत्या, हिसा, बलात्कार, भष्ट्रचार आदि गर्नु आवश्यक विचलन भनेर स्पष्टरूपमा नियम छ र यस्तो क्रियाकलापमा व्यक्ति संलग्न भएमा कानूनी कारबाही हुन्छ भने यस्तो सामाजिक विचलनलाई औपचारिक विचलन (formal deviance) भनिन्छ भने यदि कानूनमा स्पष्ट उल्लेख नभएको तर त्यस्ता क्रियाकलापले समाज एवं संस्कृतिको अपहेलना हुने वा समाज एवं संस्कृतिलाई हानि पुग्दछ भने त्यस्तो क्रियाकलापलाई अनौपचारिक सामाजिक विचलन (Informal social deviance) भनिन्छ ।

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

Sample report for all sublec)